२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

विप्लव नेकपाका नेता डिल्लीराज शर्मालाई गोली हानेर पक्राउ गरियो, एक प्रहरी घाइते

२७ वैशाख, रूकुम । प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक नेता नेतालाइ गोली हानेर पक्राउ गरेको छ । रूकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई गोली हानेर पक्राउ गरिएको हो ।

प्रहरीले देखेपछि शर्मा भाग्न खोजेका थिए त्यसपछि प्रहरीले दुइ राउण्ड हवाइफायर गरेको बताइएको छ । शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन ।

प्रकाशित मिति : 12:01