७ असार २०८३, आइतबार | Mon Jun 22 2026

पत्नी र छोरीहरुकाे अनुराेधमा पुनः विवाह गरेँ: अध्यक्ष प्रचण्ड

२६ वैशाख, काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहाल र छोरीहरुकाे अनुराेधमा ५० औँ वर्षगाँठको अवसरमा पुनः विवाह गरेको बताएका छन् । प्रचण्डले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा पुनः विवाह गर्ने निर्णय सबैको सल्लाहमा गरिएको बताए । उनले भने, ‘एक वर्षअघि नै सीताले ५० औँ वर्षको अवसरमा केही सानो कार्यक्रम आयोजना गर्नुपर्छ भनेकी थिइन् । यता छोरीहरुले पनि राम्रै हुन्छ भन्ने सुझाव दिए । सबैको सल्लाहअनुसार यो कार्यक्रमको आयोजना गरिएको हो ।’

‘सीताको स्वास्थ्य स्थितिको कारण हामीलाई अफ्ठ्यारो छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यो विवाहले सीताकाे स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छु ।’ यसले परिवारलाई ठूलै हौसला प्रदान गरेको अध्यक्ष प्रचण्डको बताए । उनले भने, ‘सीताको हौसला झनै बढिरहेको छ । आज उनी यसरी बसिरहेको देख्दा अचम्म लागिरहेको छ । उनको भित्रि मनोबल उच्च भएको छ ।’

प्रकाशित मिति : May 9, 2019 at 8:47 pm