नेकपाका नेता ढालबहादुर थापा जसले वडाअध्यक्ष हुँदा पनि उपभोक्ता समितिको अध्यक्ष छाडेनन्
२६ वैशाख, दैलेख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (तत्कालीन एमाले र माओवादी)बाट निर्वाचित स्थानीय प्रतिनिधिहरूले अनेक रेकर्ड राख्ने काम गर्दै आएका छन । त्यस्तैमा परेका छन दैलेखको नारायण नगरपालिकाको वडा नम्बर ९ को अध्यक्षमा तत्कालीन एमालेबाट विजयी भएका ढालबहादुर थापा । जसले आफू वडाअध्यक्ष हुँदाहुँदै उपभोक्ता समितिको अध्यक्ष समेत बनेर जगत हँसाएका छन ।
स्थानीयस्तरमा उपभोक्ता समितिले कामको अनुमगन गर्ने जिम्मेवारी जनप्रतिनिधिको जिम्मेवारी हो तर ढालबहादुर यतिखेर आफैँ उपभोक्ता समितिको अध्यक्ष समेत बनेर नमुना बन्ने कोशिशमा देखिन्छन । निर्वाचित हुनु पहिलेबाटै उपभोक्ता समितिको अध्यक्ष रहेका ढालबहादुरले वडा अध्यक्ष हुँदा समेत उपभोक्ता समितिको जिम्मेवारी छाडेका छैनन् ।

नारायण नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले वडाअध्यक्ष आफैँ उपभोत्ता समितिको नेतृत्वमा बस्नु नियमसंगत नरहेको बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा समेत जनप्रतिनिधि उपभोक्ता समितिमा बस्न नमिल्ने कुरा स्पष्ट रहेको उनीहरू बताउँछन । ढालबहादुर नियमविपरीत नारायण नगरपालिका(९ मा रहेको गिरीमोड कोटीला श्रीस्थान सडक मर्मत निर्माण समितिको अध्यक्ष रहेका छन तर उनले उक्त जिम्मेवारी छाड्ने छाँड देखाएका छैनन् ।
प्रकाशित मिति : 07:35









