विप्लव नेतृत्वको नेकपाका अर्का पोलिटब्यूरो सदस्य भरत बम विस्फोटक पदार्थसहित पक्राउ
२५ वैशाख, काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिटब्यूरो सदस्य भरत बमलाई बाँकेमा विस्फोटक पदार्थसहित प्रहरीले आज पक्राउ गरेको छ । कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने जानकी गाउँपालिका–६ गनापुरबाट पोलिटब्युरो सदस्य बमलाई पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक अरुण घिमिरेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बमलाई पक्राउ गरेको हो । बमको साथबाट विस्फोटक पदार्थ, ल्यापटप र पार्टीको दस्तावेज फेला परेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : 20:12









