संघीय समाजवादी फोरमसँगकाे एकतामा बाबुराम समूहमा असन्तुष्टि, केही नेता नेकपा प्रवेश गर्दै
२५ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी खुलासा भएकाे छ ।

असन्तुष्ट समूह भेला भएसँगै नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् । जहाँ पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए ।
स्रोतका अनुसार नेकपाले बुधबार अपराह्न नै प्रचण्डको उपस्थितिमा ‘विशेष कार्यक्रम’ राखेको छ । पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी छ । त्यसलाई स्वीकार गर्दै नेकपाका एक नेता भन्छन्, ‘साथीहरुसँग कुराकानी भइरहेको छ । एउटा सहमति गरेर स्वागत गर्छौं ।’
प्रकाशित मिति : 13:57









