ईडीभी २०२० को नतिजा सार्वजनिक, तपाईंलाई पनि पर्यो कि ? यसरी हेर्नुहोस नतिजा
२४ वैशाख, काठमाडाैँ । ईडीभी २०२० को नतिजा आज सार्वजनिक भएको छ । लाखौं नेपालीहरुको आर्कषणको रुपमा रहेको अमेरिका जान पाउनेहरुको भाग्यको फल सार्वजनिक भएको हो । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन दिनेहरूको नतिजा अाज सार्वजनिक भएको हो । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार डीभीको नतिजा राति ९ बजेर ४५ मिनेटपछि प्रकाशित भएको हो । नतिजा हेर्दा डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । यहाँ क्लिक गरेर डिभीको नतिजा हेर्न सक्नुहुन्छ ।

यस्तो थियो दूतावासको सूचना
नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२० को नतिजा प्रकाशन हुँदैछ । नतिजा थाहा पाउन कृपया रातिको ०९:४५ बजेपछि https://
www.dvlottery.state.gov/ मा हेर्नुहोला ।
डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८बजेदेखि बेलुका ८बजेसम्म) सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत संपर्क गर्न सकिनेछ । अमेरिकामा रहनुहुने महानुभावहरुले (७०३)९८८-३४२८ मा संपर्क गरी सोधपूछ गर्न सक्नुहुनेछ । निवेदकहरुले support-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।
कृपया सावधान:
दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल पठाउँदैन ।
दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनुहुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन ।
हरेक वर्ष हजारौको संख्यामा अमेरिका जानको लागि नेपालीहरुले अमेरिकी डाइभर्सिटी भिसा (ईडीभी) भर्ने गर्दछन् । गत वर्ष भरेको ईडीभीको नतिजा आज प्रकाशित भएको छ । देशको माया भएर पनि देशको पछिल्लो अवस्थालाई हेर्दै अनी विकसित विश्वलाई हेर्दै यसमा इच्छा राख्नेहरु धेरै भएपनि भरेका सबैलाई यो पर्दैन । विशेष गरेर पछिल्लो समय आप्रवासीप्रति अनुदार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण डिभीको भविष्य संकटमा पर्ने देखिएको हो ।

प्रकाशित मिति : 23:07









