३० महिनाको बालकको घाँटीरेटी हत्या, अपहरणपछि हत्या भएको अनुमान
२४ वैशाख, जनकपुर । प्रदेश २ को राजधानी धनुषाको ढल्केबरमा एक ३० महिनाको बालकको विभत्स हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरबाट सोमबार साँझ ३० महिनाका बालक आर्यन साह बेपत्ता भएका थिए। आर्यनलाइ घरमै छाडेर परिवारका सदस्य पानी लिन धारामा गएको समयमा उनको अपहरण भएको प्रहरीले जनाएको छ ।

रातभरी आर्यनको खोजी गरेपनि नभेटिएको तर मंगलबार बिहानै घर नजिककै विभत्स अवस्थामा बालकको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। सोमबार साँझ छोराको खोजी गरेर नभेटिएपछि बुबा शम्भु साहले प्रहरीमा उजुरी दिएका थिए । बालकको शब आधा घाँटी काटेको अवस्थामा फेला परको छ। हत्याको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 08:12







