८ असार २०८३, सोमबार | Mon Jun 22 2026

छोरा वेवारिसे छाडेकी पूर्व सभाषद् साह दम्पत्तिलाई सात दिन थुनामै राख्न अदालतको आदेश

२३ वैशाख, काठमाडाैँ । छोरा अस्पतालमा वेवारिसे छाडेर अान्दोन गरिरहेकी पूर्व सभाषद् गायत्री साहको दम्पत्तिलाई सात दिन थुनामै राख्न अदालतले आदेश दिएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा पक्राउ साह र पति राजेश महतो विरुद्ध प्रहरीले सोमबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाका अनुसार उनीहरु विरुद्ध आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ । साह दम्पतिले उक्त अस्पतालमा बच्चाको भर्ना गराएको तर डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालको गल्ती देखाउँदै बच्चा छाडेका थिए। उनीहरु विरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १८४ को व्यवस्था अनुसार मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : May 6, 2019 at 7:57 pm