राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरीको ज्यान जोगायो, हेलिकप्टरबाट सुत्केरीको उद्धार
२३ वैशाख, भोजपुर । राष्ट्रपति महिला उत्थान कार्यक्रमले भोजपुरमा एक सुत्केरीको ज्यान जोगाएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका-३ भुल्के घर भइ हाल भोजपुर नगरपालिका भोटेपसल बस्ने ३० वर्षीया कल्पना राईले शिशु जन्माउँदा रक्तश्राव नरोकिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रमका नाममा कल्पनाको उद्धार गरिएको हो ।

कल्पनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको उनका श्रीमान किशोर राईले जानकारी दिए । उनले श्रीमती बाँच्न सफल भएको भन्दै सरकार अाफ्ना लागि भगवान नै बनेको बताए । किशोरका अनुसार कल्पनाले सोमबार विहान साढे ३ बजे घरमै शिशिु जन्माएकी थिइन । सालनाल झरेपछि अचेत अवस्थामा रहेको र उल्टी हुन थालेपछि उनलाई अस्पताल लगिएको किशोर बताउँछन ।
प्रकाशित मिति : 18:43









