बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार छुः महासचिव पौडेल
२३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार रहेकाे बताएका छन् । संसदमा नीति तथा कार्यक्रममाथिको सोमबार भएकाे छलफलमा महासचिव पौडेलले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने समेत बताए ।

महासचिव पौडेलले व्यक्तिको नाममा गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वको एवं सार्वजनिक जग्गा सरकारको नाममा फर्काउन सरकारले चालेको कदम स्वागतयाेग्य भएकाे पनि नेता पौडेलले बताए ।
प्रकाशित मिति : 14:41









