२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

३ जना एसएसपीकाे सरुवाः काठमाडौँ प्रहरी प्रमुखमा सुवेदी, अपराध महाशाखामा थापा

२३ वैशाख, काठमाडौँ । तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो । काठमाडौँको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् । नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौँको कमाण्ड दिइएकाे छ भने हालका काठमाडौँ प्रहरी प्रमुख वसन्त लामा लागूऔषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।

अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो । त्यस्तै धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् ।

प्रकाशित मिति : 13:38