चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर
२३ वैशाख, काठमाडाैँ । चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार चन्द्रागिरी नगरपालिकाको कार्यालय, बलम्बु, काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनी सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस खाँदा रंगेहात पक्राउ परेका थिए ।

भट्टराईले सेवाग्राहीसँग २० हजार घुस खाएका थिए । आयोगले भट्टराईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिएकोले निजलाई बिगो रू.२०,०००।– (बीस हजार ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग गरेको छ ।
प्रकाशित मिति : 08:34









