२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

भारतमा शैक्षिक प्रमाणपत्र किनेर प्रधानाध्यापक बनेका पोखराका अम्विका गौतमविरूद्ध मुद्दा

२३ वैशाख, काठमाडाैँ । शैक्षिक प्रमाणपत्र किनेर प्रधानाध्यापक बनेका पोखराका अम्विका गौतमविरूद्ध अख्तियार दुरूपयो अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार गाैतमविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) द्वारा परिभाषित कसुर गरेको पुष्टि भएकोले निज अम्विका गौतमलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ कोदफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ कोदफा १६ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेकको छ ।

गाैतमले कास्कीको पोखरा महानगरपालिका स्थित काहुँ आधारभूत विद्यालयको प्रधानाध्यापक हुन झुट्टा/नक्कली प्रमाणपत्र पेश गरी शिक्षण पेशा गरेको आयोगको ठहर छ । आयोगले गाैतमले माध्यमिक शिक्षापरिषद, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट हाइस्कुलपरीक्षा उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी शिक्षक पदमा अस्थायी नियुक्ति तथा पछि स्थायी नियुक्ति लिई निमित्त प्रधानाध्यापक भई राष्ट्रसेवक शिक्षकको ओहदा पाई लाभ सुविधा पाउने उद्देश्यले झुट्टा/नक्कली प्रमाणपत्र पेश गरेको ठहर गरेको छ ।

प्रकाशित मिति : 08:17