२ दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पूर्णता दिन्छाैँ : अध्यक्ष प्रचण्ड
२२ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले २ दिनभित्र पार्टी एकीकरणका बाँकि कामलाई पनि पूर्णता दिने बताएका छन् ।
जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएकोले जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न गर्ने अध्यक्ष दाहालले प्रतिवद्धता व्यक्त गरे ।

सोमबार पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी दिए । आइतबार काठमाडाैँमा आयोजित ‘कार्ल मार्क्स २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै झण्डै ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने बताए ।
अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रकाशित मिति : 20:03









