वैशाख २६ गते दोस्रो पटक विवाह गर्दै प्रचण्ड
२२ बैशाख, काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले आगामी वैशाख २६ गते सीतासँग विवाह भएको ५० वर्ष पुग्ने अवसर पारेर फेरि विवाह गर्न लागेका हुन् ।

वैशाख २६ गते प्रचण्डले सीतालाई औपचारिक रुपमै सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको बताइएकाे छ । २०२६ साल वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको थियाे ।
छाेरा प्रकाश दाहालकाे निधनपछि अस्वस्थ भएकी सीताकाे स्वास्थमा सुधार हुने अपेक्षासहित प्रचण्डले पुनः विवाह गर्न लागेकाे बताइएकाे छ ।
प्रकाशित मिति : 14:06







