८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

संसदमा देउवाले भने, ‘मेरो सरकार भन्ने शब्दबाहेक नीति तथा कार्यक्रम ठीक छ‘

२२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेरो सरकार भन्ने शब्दबाहेक नीति तथा कार्यक्रम ठीक भएको बताएका छन् । उनले सरकारले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको आरोप पनि लगाए । देउवाले संघीय संसदको बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रममा राष्ट्रपतिको सम्बोधनलाई बेलायती महारानीको शैलीको आराेप लगाए ।

‘राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ,’ देउवाले भने, ‘यो लोकतान्त्रिक गणतन्त्रका लागि राम्रो संकेत होइन।’ नीति तथा कार्यक्रमको आलोचना गर्दै उनले विपक्षमा मतदानका लागि आफ्ना सांसदलाई निर्देशन दिए । सरकार संघीय व्यवस्थाको मर्म र भावनाअनुसार क्रियाशील हुन नसकेको भन्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियोजित हमला गरेको टिप्पणी गरे ।‘

उपलब्धि भनेर ल्याएको फेहरिस्त खोक्रो सावित भएको छ,’ देउवाले भने, ‘नीति तथा कार्यक्रममा जनताको लोकतन्त्र भनेको छ। जबकी लोकतन्त्र आफैंमा पूर्ण हुन्छ।’ उनले मेलम्ची आयोजना पूरा नभएको, माथिल्लो तामाकोसी आयोजना सम्पन्न नभएकोमा प्रश्न समेत उठाए । ‘सम्पन्न भैसक्नुपर्ने माथिल्लो कहिले बन्छ टुङ्गो छैन,’ देउवाले भने, ‘कांग्रेस सरकारले सुरु गरेको भेरी बबई आफैंले सुरू गरेको जस्तो गरी प्रस्तुत भएको छ ।

देउवाले चीन र भारत जोड्ने रेलमार्ग अनुदानमा मात्र निर्माण हुनुपर्ने टिप्पणी गरे । ‘भारतबाट नेपालसँग एउटा जलमार्ग जोडिन पनि बाँकी  रहेकाे तर प्रधानमन्त्रीद्धारा अहिले नै पानी जहाज आएको झैं सपना बाँडिएको अाराेप लगाए ।

प्रकाशित मिति : 13:19