२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

सरकारी वेबसाइटहरुमा समस्या, देशभर सेवा प्रभावित

२२ वैशाख, काठमाडौँ । नेपाल सरकारका वेबसाइटहरुमा समस्या आएको छ । आइतबार बिहानैदेखि करिब १२ः१५ सम्म नेपाल सरकार मातहत सञ्चालित डट जिओभी डट एनपी डोमिनका वेबसाइटहरुमा समस्या आएको हो ।

सरकारी वेबसाइटहरको डाटा सर्भर राख्ने गभरमेण्ट इण्टिग्रेटेड डाटा सेन्टर अर्थात् जिआइडीसीको मुख्य सर्भरमा समस्या आएपछि सरकारी वेबसाइटहरु नखुलेका हुन् ।

सरकारी तथ्याङ्क सुरक्षण गर्ने निकाय जिआइडीसीका सहायक निर्देशक रमेश पोखरेलका अनुसार अहिले प्रयोगकर्ताको सङ्ख्या (ट्राफिक) बढी भएको कारणले समस्या आएको हो ।

यद्यपि, जिआइडीसीको सर्भरमा लिंक गराएका सबै वेबसाइट नचलेको कारण सर्भरमै समस्या आएको बुझिएको छ । डट जिओभी डट एनपीमै डोमिन भएपनि जिआईडीसीबाहिर सर्भर रहेका सरकारी साइट भने चलिरहेका छन् ।

प्रकाशित मिति : 12:46