८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

संघीय समाजवादी फाेरम र नयाँ शक्तिबीच एकीकरणका लागि सहमति, वैशाख २३ गते घाेषणा हुने

२१ वैशाख, काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको सत्तारूढ संघीय समाजवादी फोरम र डा बाबुराम भट्टराइ नेतृत्वको प्रतिपक्षी पनि बन्न नसकेको नयाँ शक्ति पार्टीबीच एकताका लागि सहमति भएकाे  । यसअघि पनि एकताको अन्तमि तयारी हुँदा नेतृत्वको विषयमा कुरा नमिल्दा पार्टी एकीकरण हुन सकेको थिएन । यसपटक एकताका लागि दुबै पार्टीका अध्यक्षले सहमतिमा हस्ताक्षर गरेका छन ।

दुबै पार्टीले एकीकरणबाट समाजवादी पार्टी निर्माण गर्ने घाेषणा गरेका छन । सहमति अनुसार वैशाख २३ गते एकीकृत पार्टीको घाेषणा हुनेछ ।

प्रकाशित मिति : 14:57