२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मुलुककाे आर्थिक उन्नतीमा इन्जिनियरहरु संगठित भएर लाग्नुपर्छ: गभर्नर नेपाल

२१ वैशाख, काठमाडौँ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुककाे अार्थिक उन्नतिमा इन्जिनियर हरूकाे महत्वपूर्ण भूमिका हुनेहुदा छरिएर हाेइन संगठित भएर काम गर्नु पर्ने बेला अाएकाे बताएका छन । नेपाल भ्यालुयर्स एसाेसियसनकाे चाैथाे अधिवेशन उद्घाटन गर्नेक्रममा गभर्नर नेपालले अब बत्तिय क्षेत्रसंग इन्जिनियरकाे कनेक्सन गराउने नीति राष्ट्रबैकले बनाउने पनि जानकारी दिए ।

इन्जिनियरले भ्यालुयसन गरेपछि मात्रै जायजेथाकाे मूल्य थाहा हुने, राज्यकाे समपत्ति कति छ भन्ने कुराकाे मूल्यांकन समेत इन्जिनियरले भ्यालुयसन गरेपछि मात्रै यकिन हुने हुँदा यस्ताे महत्वपूर्ण जिम्मेवारी बाेकेका इन्जिनियरहरूलाई पारदर्शी भएर काम गर्न समेत गभर्नर नेपालले सुझाव दिए ।नेपाल भ्यालुयर्स एसासियसन नेपालका अध्यक्ष ऋषि काेइरालाले इन्जिनियरलाई राज्यले अपराधि जस्ताे व्यवहार गरेकाे, बैंककाे ठाडाे अादेशमा इन्जिनियर लाई ब्ल्याक लिस्टमा राख्नेदेखि फाैजदारी अभियाेग लगाउने जस्ताे अमर्यादित व्यवहार गरेकाेप्रति अाक्राेश पाेखे ।

देसभरीबाट भेला भएका इन्जिनियरहरू अब भिक्टिम भएर नबस्ने अाबस्यक परे बित्तिय क्षेत्रकाेबिरूद्द सडकमा उत्रिन समेत तयार रहेकाे अध्यक्ष काेइरालाले चेतावनी दिए । देसभरीका अाठ च्याप्टरबाट भेला भएका पाँचसय इन्जिनियर हरूकाे चाैँथाे अधिवेसनले नयाँ कार्यसमितीकाे समेत चयन गर्ने छ ।

प्रकाशित मिति : 09:19