२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

काठमाडाैँकाे तारकेश्वरमा बिजुलीको पोलमा करेन्ट सर्ट हुँदा नुवाकाेटका १० बर्षिय बालककाे मृत्यु

२१ बैशाख, काठमाडाैँ । काठमाडाैँकाे तारकेश्वर न.पा ९ मनमैँजुस्थित डाडागाउँमा बिजुलीको पोलमा करेन्ट सर्ट हुँदा १० बर्षिय बालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा नुवाकोटकाे तादी गाउँपालिका वडा नंवर ५ नर्जामण्डपका प्रदीप अधिकारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

शुक्रबार दिउँसाे करेन्ट सर्ट भएको थाहा नहुँदा सोही स्थानमा खेलिरहेका अधिकारीको घटनास्थलमै मृत्यु भएको हाे । घटनाकाे बारेमा अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 07:42