नेपाल र ओमानबीच श्रम सम्झौता, अब नेपाली कामदार शून्य लागतमा ओमान जान पाउने
२० बैशाख, काठमाडौँ । नेपाल र ओमानबीच श्रम सम्झौता भएको छ । शुक्रबार शून्य लागतमा नेपाली कामदार ओमान जान पाउने गरी सम्झौताका बुँदामाथि सहमति जुटेको श्रम मन्त्रालयले जानकारी दिएको छ। सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिकको प्रत्याभूत हुने गरी नेपाली श्रमिकहरू ओमानकाे रोजगारीमा पठाउने गरी श्रम समझदारीका बुँदा तय गरिएको श्रम मन्त्रालयले जनाएकाे छ ।

श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा नेपाली टोली र ओमानका टोलीबीच वार्ता भएको हो । नेपाली श्रमिकहरूलाई ओमान जाँदा आर्थिक व्ययभार नपर्ने हिसाबले बुँदा तय गरिएको जनाइएको छ। श्रम सम्झौता एमओयुका बुँदामा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बिमा, महिना पूरा भएको निश्चित समयमा तलब सुविधा बैंक खातामै प्राप्त हुने, राहदानी कामदारसँगै रहनेलगायतका मुख्य एजेन्डाहरू समेटिएको जनाइएको छ।
अब श्रम सम्झौतामा दुई देशका उच्च अधिकारीबीच हस्ताक्षरको मिति मात्रै टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।
प्रकाशित मिति : 20:18









