सकारकाे गल्तीमा राष्ट्रपति भण्डारीकाे हुर्मत, सामाजिक सञ्जालमा पाेखियाे चर्काे आक्राेश
२० वेशाख, काठमाडौँ । सरकारकाे आगामी वर्षकाे नीति तथा कार्यक्रम वाचनका क्रममा राष्ट्रपति भण्डारीले मेराे सरकार भनेकाे भन्दै सामाजिक सञ्जालमा चर्काे आक्राेश देखिएकाे छ ।
नीति तथा कार्यक्रम अन्तिम रुप दिने समयमा सरकारका कुनै एक पात्रले गरेकाे गल्तीका कारण सामाजिक सञ्जालमा प्रयाेगकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि चर्काे आक्राेश पाेखिरहेका छन । सामाजिक सञ्जालमा उठेकाे विषय जायज भए बनी जुन हिसाबले राष्ट्रपति भण्डारीकाे तेजाेबध गर्नेकाम सुरु भएकाे छ याे सम्मानित संस्था बदनाम गराउने नियाेजित दुष्प्रचारकाे रुपमा बुझ्न सकिन्छ ।

सरकार सञ्चालनबारे जानकारी नहुनेले राष्ट्रपतिकाे वचनलाई लिएर अाक्राेश पाेख्नुलाई सामान्य मान्न सकिन्छ तर जाे मानिसहरु सरकारले तयार गरेकाे कार्यक्रम राष्ट्रपति भण्डारीले वाचनमात्र गर्ने हाे भनेर बुझ्नेछन उनीहरु नै राष्ट्रपतिलाई महारानीकाे उपमा दिएर गाली गरिरहनुलाई शाेभनिय मान्न सकिन्न ।
सरकारले गलत शब्द प्रयाेग गरेका कारण साेही विषय पढ्दा राष्ट्रपतिकाे हुर्मत लिनु धनेकाे त्याे सम्मानित संस्थाकाे बदनाम गर्नुमात्र हाे । यद्यपि यस कमजाेरीमा सरकारले क्षमा माग्नु अति उत्तम हुनेछ । याे नेपाली जनता सबैकाे देश हाे भने जनताका प्रतिनिधिले गठन गरेकाे सरकार पनि नेपाली जनताकै हाे केवल राष्ट्रपतिकाे मात्र हाेइन र हुन सक्दैन । नीति तथा कार्यक्रममा यस्ता शब्द प्रयाेग गराउने व्यक्तिलाई सरकारले कारबाहीकाे दायरामा ल्याउनु समयकाे माग हाे ।
प्रकाशित मिति : 19:21







