सचिवालयकाे लेटरप्याड दुरुपयोग भएकाेमा प्रधानमन्त्री ओली आश्चर्य चकित र दुःखी
२० वेशाख, काठमाडौँ । प्रधानमन्त्री केपी श्रमा ओली दुखित भएका छन । आफ्नाे जानकारी बेगरनै सचिवालयका तर्फबाट राष्ट्रिय याेजना आयाेगमा पत्राचार भएकाे भन्दै प्रधानमन्त्रीले दुःख प्रकट गरेका हुन ।
प्रधानमन्त्रीका तर्फबाट प्रेस सल्लाहकार कुन्दन अर्यालले एक विज्ञप्ति जारी गर्दै भुलवश पत्राचार भएकाे बताएका छन । अर्यालले उक्त पत्र प्रधानमन्त्री ओलीको जानकारी बेगर लेखिएको उनको स्पष्ट पारेका छन ।

अर्यालले जारी गरेकाे विज्ञप्तिमा सचिवालयको लेटरप्याड प्रयोग गरेर राष्ट्रिय योजना आयोगलाई पत्रचार गरिएकोमा प्रधानमन्त्री ओली आश्चार्यचकित भएको उल्लेख गरिएकाे छ ।

झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी बजेटमा समावेश गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई पत्र पठाएको थियो । प्रधानमन्त्री स्वयं योजना आयोगको अध्यक्ष रहेकाले यो यो आयोजना समाजेश गरिदिनु भनेर पत्र लेख्ने वा निर्देशन नदिइने अर्यालको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : 18:39







