८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

आगामी वर्ष इतिहासकै तीव्र आर्थिक विकास भएकाे वर्ष हुनेछः राष्ट्रपति भण्डारी  

२० बैशाख, काठमाडौँ । सरकारले आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास गर्ने दाबी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्‍मा पेश भइरहेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ- ‘आफ्नो कार्यकालको पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ ।

आगामी आर्थिक वर्ष इतिहासमै तीव्र आर्थिक विकास हुने इतिहास रच्नेछ ।’ आव २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपतिले भनेकी छन्- हरेक दिन एक कदम अगाडि बढ्ने सरकारी दृष्टिकोण छ ।

प्रकाशित मिति : 16:54