सरकारकाे नीति तथा कार्यक्रम आज, राष्ट्रपति भण्डारीले संसदकाे संयुक्त बैठकमा प्रस्तुत गर्ने
२० बैशाख, काठमाडौँ । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

राष्ट्रपति भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई वाचन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु उपस्थित हुनेछन् ।
संघीय संसदका सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नेछन् । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट प्रस्तुत गर्नेछ ।
प्रकाशित मिति : 09:51









