२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

थप दाइजो नल्याएको भन्दै सासु र श्रीमानले गरे घाँटी थिचेर मनिषाको हत्या

२० बैशाख, सिरहा । सिरहा नगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् ।

गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् ।

केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातता दिनको मनिषाको बाबु रघुनाथ मण्डलले बताए ।

प्रकाशित मिति : 08:24