बालुवाटार जग्गा प्रकरणमा बेइमानी गर्ने जाे भएपनि छोडिन्न् : मन्त्री बास्कोटा
१९ बैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गामा बेइमानी गर्ने जाे काेहि भएपनि सरकारले नछाेड्ने बताएका छन् । मन्त्री बास्कोटाले बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारले सार्वजनिक जग्गामा वेइमान गर्नेप्रति आँखा चिम्लिनेवाला, आँखा झिम्क्याँउनेवाला, पिठ्यु फर्काउनेवाला साेच नरहेकाे बताएका छन् ।
मन्त्री बास्कोटाले सरकार आफैंले छानविन समिति बनाएर तथ्य बाहिर ल्याउँदा उल्टै सरकारलाई लखेट्ने काम भएको समेत अाराेप लगाए । मन्त्री बास्कोटाले यही सरकारले सो जग्गाबारे छानविनका लागि समिति बनाएर तथ्य बाहिर ल्याएको बताउँदै पार्टीका महासचिव विष्णु पौडेलको नाम देखिने बित्तिकै सरकारलाई लखेट्ने काम भएको समेत बताए । उनले सो प्रकरण अरु थुप्रै भएपनि विष्णु पौडेलमाथि मात्रै धनु चलाउने काम भएको उल्लेख गर्दै विषय विष्णु पौडेल, सुवर्ण शम्शेरको मात्र नभएको बताए ।

मन्त्री बास्कोटाले आफूले विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनुपर्छ नभनेको उल्लेख गर्दै सो प्रकरणमा काँग्रेस सभापति देउवा वा नेकपा महासचिव पौडेल भएपनि सरकारले क्षतिपूर्ति नतिर्ने बताए । उनले लालपूर्जामा महासचिव, सभापति वा पूर्व प्रधानमन्त्री भनेर नलेखेको बताउँदै बेइमान गरेको कुरालाई ठेगान लगाएरै छाड्न उल्लेख गरे ।
मन्त्री बास्कोटाले सरकारले नै सार्वजनिक जग्गा सुरक्षा गर भन्ने मत स्थापित गरेकाले यो विषयलाई नरोकी सरकारले अगाडि बढाउने बताए । उनले भने– ‘अन्त अन्त पनि विभिन्न ठाउँमा सार्वजनिक जग्गा मिचिएको छ भन्ने कुराको सरकारलाई सूचना आएको छ, देशभरिको जग्गा छानविनका लागि उच्चस्तरीय छानविन आयोग पनि बन्न सक्छ ।
प्रकाशित मिति : 18:43









