२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

कैलालीको कालिका सामुदायिक वनमा २ जनाकाे शव भेटियाे 

१९ बैशाख, भजनी । कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

शव परीक्षणका लागि धनगढी पठाइएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।वनमा कीरासमेत पर्न थालेकाले केही दिनअघि आत्मत्या गरेको हुनसक्ने बताइएको छ । केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमान्‌को कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भनी जानकारी गराएकी भन्दै केही व्यक्तिले खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुनसक्ने अनुमान गरिए पनि यकीन नभएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 18:01