गोरखामा केटी जिस्काएको निहूँमा जन्ती र बेहुलीपक्षबीच झडप हुँदा १ जनाकाे मृत्यु, १५ जना पक्राउ
१९ बैशाख, गोरखा । गोरखामा केटी जिस्काएको निहूँमा जन्ती र बेहुलीपक्षबीच झडप हुँदा १ जनाकाे मृत्यु भएकाे छ । बुधबार बेलुका साढे ८ बजे भएको उक्त घटनामा लमजुङ अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।
लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती पक्षका युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको हो ।

कुटपिटबाट घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेज लगिए पनि उनकाे उजचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनामा संलग्न रहेका १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : 16:49









