कुवेतमा लिभिङ टुगेदरमा बस्दै आएकी धरानकी मायाले गरिन् तनहुँका खेमकाे छुरा प्रहार गरि हत्या
१९ वैशाख, काठमाडाैँ । कुवेतमा लिभिङ टुगेदरमा बस्दै आएकी धरानकी महिलाले तनहुँको खेम बहादुरकाे छुरा प्रहार गरि हत्या गरेकी छिन् । धरानकी ति महिलाले बुधबार दिउँसो मंगाफ स्थित ब्लक ४ मा छुरा प्रहार गरि प्रेमीको हत्या गरेकी हुन्। छुरा प्रहारबाट तनहुँको शुक्लागण्डकी-१ स्थायी घर भएका खेम बहादुर विकको ज्यान गएको हो।

विकको छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेको अवस्थामा फेला परेको प्रत्यक्षदर्शीले बताएका छन्। मृतक खेम बिक कुवेतमा वैधानिक रुपमा बस्दै आएका थिए भने माया अवैधानिक रुपमा बस्दै आएकी थिइन् । घटनापछि कुवेत प्रहरीले हत्या अारोपित माया गुरुङसहित अन्य २१ जनालाई प्रकाउ गरेको छ।
प्रकाशित मिति : May 2, 2019 at 10:52 am







