यस कारण महिलाको पेटमा कुरा अडिँदैनन्,
१९ वैशाख, काठमाडाै । अन्तराष्ट्रियस्तरमा गरिएको एक रिसर्चबाट पत्ता लागेको अनुसार महिलाहरुलाई कुनै पनि कुरा आफैँमा सिमित राख्न एक प्रकारको बोझजस्तै लाग्छ । यही बोझबाट छुटकारा पाउनका लागि कोही न कोहीलाई भनिहाल्छन् । यसको मुख्य कारण महिलाहरु पुरुषको तुलनामा बढी इमोशनल (भावनात्मक) हुनु नै हो ।

त्यसैले त महिलाहरुलाई इमोशनल बनाएर कुनै पनि कुरा उनीहरुको मुखबाट फुत्काउन सकिन्छ । यसका साथै महिलाहरुमा अरुको गोप्य कुरा जान्ने उत्सुकता पनि तुलनात्मकरुपमा बढी हुन्छ । उनीहरु छिमेकीदेखि आफ्ना आसपासका मानिसहरुको सानो भन्दा सानो कुरामा पनि चासो राख्छन् । जब कुनै पनि नयाँ कुरा थाहा हुन्छ, तब त्यसलाई आफैँमा सिमित राख्नु बोझ बन्न थाल्छ । दिमाग भारी हुन्छ । अनि त्यसबाट मुक्ति पाउन अनकन्सस माइन्डलेले नै उनीहरुलाई सो कुरा व्यक्त गर्न प्रेरित गर्दछ ।
प्रकाशित मिति : 09:04









