भारतीय तीर्थयात्रु बोकेर वुटवल जाँदै गरेको बसमा अचानक आगलागी, यात्रु सकुशल बाहिरिन भ्याए
१८ वैशाख, काठमाडाैँ । भारतीय तीर्थयात्रु बोकेको एउटा बसमा बुधबार अचानक आगलागी भएको छ । बसमा आगलागी भएपनि यात्रु र चालक भने सुरक्षित रहेका छन । काठमाडौँदेखि भारतको केरला जाँदै गरेको एउटा बसमा बसमा बुधबार आगलागी भएको हो । बुधबार दिउँसाो पूर्वी नवलपरासीको दाउन्ने पुगेका बेला बसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बस पूरै क्षतिग्रस्त भएको छ । भारतीय नम्बर प्लेटको युपी ०६५ डिटी ०००१ नम्बरको तीर्थयात्री बोकेको बसमा विद्युत सर्ट भए आगलागी भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगोले नजिकै रहेका तीनवटा होटेलहरुमा समेत क्षति पुर्याएको छ ।
प्रकाशित मिति : 21:28









