धादिङको गल्छीमा माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकको चक्कामा, २ को मृत्यु
१८ वैश्धाँख, धदिङ । धादिङको गल्छीमा माइक्राे र माेटरसाइकल एक अापसमा ठाेकीदा २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका–गुर्जुधारा बस्ने वर्ष २९ को राज महर्जन र चन्द्रागिरी नगरपालिका–१२ बस्ने वर्ष ३० को कवि कुमार महर्जन रहेका छन् ।
काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रो र गजुरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइलक माइक्रोसँग ठक्कर खाएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख (इन्सपेक्टर) नवराज ढुंगानाले जानकारी दिए ।
माइक्रोको ठककरबाट उछिट्टएका मोटरसाइकलमा सवार दुवै जना सोही दिशातर्फ जाँदै गरेको ना६ख ५६१४ नम्बरको ट्रकको चक्कामा पुगेको ट्रकको चक्काले किच्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको ढुंगानाले बताए ।
ट्रक चालक धादिङ घर भएका वर्ष ३५ को राजु अर्याल र माइक्रो चालक नवलपरासी अरुणखोला नगरपालिका–१३ बस्ने वर्ष ३७ को धन बहादुर चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको इन्सपेक्टर ढुंगानाले बताए । अर्यालले चौतारी यातायात चलाउँथे भने चौधरीले लुम्बिनी रुद्र यातायात चलाउँथे । नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 17:44









