८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने शोषण अन्त्य गर्ने श्रममन्त्री विष्टको घोषणा

१८ वैशाख, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने शोषण अन्त्य गर्ने घोषणा गरेका छन । १३० औँ मजदुर दिवसका अवसरमा बुधबार संयुक्त ट्रेड युनियनले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने शोषण अब नसहनेल स्पष्ट पारे । उनल भने ‘श्रमिकलाई शोषण गर्नेहरूका संरक्षकलाई पनि छाड्दैनौ, चाहे देशभित्र काम गर्ने या विदेशमा काम गर्नेको सन्दर्भमा कुनै बहानामा शक्तिकेन्द्रको आडमा शोषण गर्ने कुरालाई यो सरकारले अब सहने छैन।’

श्रमिकको हक र अधिकारका निम्ति नीतिगत सुधारमा उल्लेख्य काम गरेका मन्त्री विष्टले श्रमिकपक्षीय समाज निर्माण गर्ने गरी सरकार अघि बढेको जानकारी दिए । उनले आफूले बोल्नैका लागिमात्र यस्तो घोषणा नगरेको भइ साँचो अर्थमा परिवर्तन दिलाउन घोषणा गरेको बताए ।उनले अहिले पनि पसिना बगाउने श्रमिकको जीवन पीडादायी रहेको भन्दै चिन्ता व्यक्त गरे ।

मन्त्री विष्टले यो आर्थिक वर्षमा ५० हजारलाइ रोजगारी दिने र आगामी आर्थिक वर्षमा थप ९० हजारलाइ रोजगारी दिनेगरी बजेटको व्यवस्थापन गरेको बताए । उनले भने ‘सरकारले काम दिनेछ, रोजगारी दिन नसके निर्वाह भत्ता दिने छ’, विष्टले भने, ‘सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयनमा सरकार प्रतिवद्ध छ। आउँदो वर्ष आमजनताले सुधारको महसुस र परिणाम आउने गरी सरकारले काम गर्नेछ।’

मन्त्री विष्टले अब श्रमिकहरूका पनि सुनौला दिनहरू उदाएको बताए । श्रम अडिटलाई आगामी दिनमा तीव्र बनाउँने बताउँदै न्यूनतम तलबको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता गर्ने बताए । उनले सरकारले त्रिपक्षीय सहमतिका आधारमा तोकेको पारिश्रमिक सहमतिकै आधारमा कार्यान्वयन होस भन्ने चाहेको बताए ।

 

प्रकाशित मिति : 17:04