उपराष्ट्रपति नन्दबहादुर पुन लैनचाैर बसाइसरे, अब कार्यालय र निवास दुबै ‘ग्रीन हाउसमा’
१८ वैशाख, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लैनचाैर बसाइसरेका छन । पुन बुधबारबाट समाजकल्याण परिषद्को कार्यालय हटाएर बनाइएको नयाँ सरकारी निवास ‘ग्रीन हाउसमा’ सरेका हुन । यसअघिको छुट्टै निवार र कार्यालय अब दुबै लैनचाैरमै हुनेछ । निवास पूर्ण रूपमा अाजैदेखि सरेपनि कार्यालय सर्न केही दिन लाग्ने बताइएको छ । उपराष्ट्रपति कार्यालयको निर्णमाको काम केही बाँकी रहेको पुनको सचिवालयले जनाएको छ ।

केपी अोली नेतृत्वको वर्तमान सरकारले गत वर्ष भदौ २१ गते समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय र निवास एकै ठाउँमा हुनेगरी उपराष्ट्रपति भवन बनाउने निर्णय गरेको थियो । उपराष्ट्रपति भवनमा सैनिक रंग लगाइएको छ ।

प्रकाशित मिति : 16:11









