ट्रेड युनियन कांग्रेस तनहुँले पार्टी कार्यालयको बोर्ड च्यातेर मनायो श्रमिक दिवस ! (भिडियोसहित)
१८ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका कार्यकर्ताले तनहुँको पार्टी कार्यालयको बोर्ड च्यातेका छन । रामचन्द्र पाैडेल र गोविन्दराज जोशी दुइ गुटमा विभाजित कांग्रेसकर्ताले बुधबार बिहानै जाेशी निकटकाे कांग्रेस कार्यालय पार्टी कार्यालयकाे बाेर्ड च्यातेका हुन । देशैभर श्रमिक दिवस मनाइरहेको ट्रेड युनियन कांग्रेसले तनहुँमा भने गाेविन्दराज जाेशी निकटकाे कांग्रेस कार्यालय पार्टी कार्यालयकाे बाेर्ड च्यातेर श्रमिक दिवस मनाएका हुन ।

मजदुर दिवसकाे अवसरमा ट्रेड युनियन कांग्रेस तनहुँले बुधबार आयाेजना गरेकाे र्यालीमा सहभागी कांग्रेस कार्यकर्ताले व्यास २ मालपाेत लाइनमा रहेकाे जाेशी निकट पार्टी कार्यालयकाे बाेर्ड च्यातेका हुन् । तस्बीर र भिडियो साैजन्यः पत्रकार प्रकाशचन्द्र भट्टराई
प्रकाशित मिति : 13:08









