ट्रेड युनियन कांग्रेस नुवाकोटले बिरामीलाई फलफुल बितरण गरेर मनायो श्रमिक दिवस (फोटोफिचर)
१८ वैशाख, नुवाकोट । नेपाली कांग्रेसको भ्रातृ संस्था ट्रेड युनियन कांग्रेस नुवाकोटले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बिरामीका बीचमा मनाएको छ । नुवाकोट जिल्लाकै पुरानो त्रिशुली अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेर ट्रेड युनियन क्रांग्रेसले मजदुर दिवस मनाएको हो ।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, सचिव सुरेन्द्रराज अधिकारी, नेता राजु थापा लगायतको उपस्थितिमा ४० जना बिरामीलाई फलफुल बितरण गरिएको ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले दैनिकीलाई जानकारी दिए । दिवस मनाउने नाममा मजदुररूलाई कोरा भाषणमात्र सुनाउनुको साटो यो खाले तरिकाको सिको गर्ने हो भने यस्ता दिवसहरूको समेत गरिमा बढ्दैजाने निश्चित छ ।

प्रकाशित मिति : 12:39









