प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवले बिबाह गर्दै
१८ वैशाख, काठमाडाैँ । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादव बिबाह बन्धनमा बाँधिने भएकी छिन । यही वैशाख २३ गते गृहनगर जनकपुरमा उनले बिबाह गर्न लागेको बताइएको छ । उनको परिवारका अनुसार बिबाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुन लागेको हो । लण्डनमा अध्ययन गरेकी यादव फेसन डिजाइनर समेत हुन । उनी समाजसेवामा सक्रिय रहेकी छिन् ।

प्रकाशित मिति : 12:10









