बलात्कार घटाउन बलात्कारीकाे लिंग काट्ने मोडल ज्योति मगरको प्रस्ताव
१८ वैशाख, काठमाडाैँ । लोक तथा दोहोरी गीतकी चर्चित गायिका ज्याेती मगरले बलत्कारका घटना घट्न नदिन र बलत्कार कम गर्न बलत्कारीकाे लिंग काट्नु पर्ने बताएकी छिन् । नेपालमा बढ्दै गएको बलात्कारको विषयमा विशेष धारणा राख्दै ज्योतीले उक्त कुरा बताएकी हुन् ।

ज्याेतीका अनुसार मन मिलेको खण्डमा जे गर्न पनि मिल्याे तर मन मिल्दैन भने कसैलाई जर्बजस्ती गर्न नमिल्ने बताएकी छिन् । उनले नेपालमा बलात्कार जस्तो जघन्य अपराधलाई सरकारले गम्भिर मुद्धाको रुपमा लिन नसकेकोमा दुःख समेत ब्यक्त गरेकीछिन् ।
हामी अर्थात ज्योती मगर, रेखा थापा, तिर्सना बुढाथोकी या अरु कसैका कारण बलात्कार बढेको हैन, भन्दै केहि पुरुषको गलत मानसिकताका कारण बलात्कारका घटना बढेकाे बताइन् । महिला हिंसा र खासगरी बलात्कारसँग सम्बन्धित मुद्दामा मिलापत्र गराउने प्रवृत्तिलाई कडा कानुन बनाएर निरुत्साहित गर्नुपर्ने बताउँदै ज्याेतीले अाक्राेस पाेखीन् ।
बलात्कारीलाई मृत्युदण्ड दिइसकेपछि त्यसले कहिल्यै सजाय भोग्न पाउँदैन, उसलाई सधैभरी सजाय दिनेहो भने त्यसको तुरुन्तै तलको अंगनै काटिदिनु पर्ने ज्याेतीले बताइन् ।

प्रकाशित मिति : 11:56









