स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी निर्धारित समय अगावै स्वदेश फिर्ता
१८ वैशाख, काठमाडाैँ । स्वास्थ्यमा समस्य आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी निर्धारित समयभन्दा एक दिन अघि नै स्वदेश फिर्ता भएकी छन । स्वास्थ्यमा अचानक समस्या देखिएपछि राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार बिहान स्वेदश फर्किएकी हुन् । स्वदेश फर्कनेक्रममा राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरे ।

भण्डारी बिहीबार मात्रै स्वदेश फर्कने कार्यक्रम रहेको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’ समस्या देखिएको हो । तस्बीरहरूः रासस

प्रकाशित मिति : 11:26









