८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीकाे स्वास्थ्यमा समस्या, भ्रमण छाेट्याएर आज काठमाडौं फर्कदैँ

१८ वैशाख, काठमाडौँ । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीकाे स्वास्थ्यमा समस्या देखिएकाे छ । स्वास्थ्यमा समस्या देखिएपछि चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन पुगेकी राष्ट्रपति भण्डारी आज बुधबार बिहान स्वदेश फर्किने भएकी छिन । स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्य तालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन ।

डा अर्यालका अनुसार राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे काठमाडौं ओर्लनेछिन । भण्डारीकाे स्वास्थ्यमा आकस्मिक रुपमा समस्या देखिएकाे बुझिएको छ । राष्ट्रपति भण्डारी मंगलबार बिआरआई फोरमअन्तर्गतको गोलमेच सम्मेलनमा सहभागी भई चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुगेकी छिन । उनी आज ल्हासाबाट सिधै नेपाल फर्कदैछिन ।

प्रकाशित मिति : 03:53