८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

प्रदेश नम्बर १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

१७ वैशाख, काठमाडाैँ । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।

संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ । यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधवारदेखि बोलाइएको छ ।

प्रकाशित मिति : 19:40