८ असार २०८३, सोमबार | Tue Jun 23 2026

पाल्पाकाे निस्धीमा जन्ती चढेकाे जीप दुर्घटना, ५ जनाको मृत्यु

१६ चैत, काठमाडौँ । पाल्पामा जन्ती चढेकाे जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ । भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१  नम्बरकाे जीप पाल्पाको निस्धी गाउँपालिका–७ मा सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।


घटनामा परेका एक जना भने सकशुल रहेका छन् । मृतकको सनाखत भने भइसकेको छैन । उद्दार र थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : April 29, 2019 at 7:07 pm