श्रीमानद्वारा जलाउने प्रयास गरिएकी यादवको निधन
१६ वैशाख, काठमाडौँ । श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका वडा नं १ कि २० वर्षीया निर्मलाकुमारी यादवको आज उपचारका क्रममा निधन भएको छ । उहाँको कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरीवृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो ।

यादवको आज दिउँसो ४ बजे निधन भएको हो । यही वैशाख ५ गते श्रीमान् मुकेश गोइत यादवले आफ्नै घरको कोठामा थुनी निर्मलालाई मट्टीतेल छर्की जलाउने प्रयास गरेका थिए । मट्टितेल छर्की हत्या प्रयास गरिएकी यादवलाई उपचारका लागि केही दिनअघि मात्र अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति : 18:27









