१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुरुपको आयोग गठन गर्न सरकासँग माग

१६ वैशाख, काठमाडाैँ । द्वन्द्वपीडित तथा नागरिक समाजले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्वअनुरुपको आयोग गठन गर्न सरकासँग माग गरेका छन् । द्वन्द्वपीडित एवं मानवअधिकारकर्मीले आज आयोजना गरेको खबरदारी कार्यक्रममा सहभागीले यसअघिको ऐन अन्तर्राष्ट्रिय दायित्वअनुरुप नभएको भन्दै सरकासँग माग गरेका हुन् ।

यसअघिको ऐनले सङ्क्रमणकालीन न्याय सुनिश्चित नगरेको र पीडितमैत्री पनि नभएको भन्दै यस अघिको ऐन संशोधन गरेर नै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने सहभागीको जोड रहेको छ । चार वर्षअघि सर्वोच्च अदालतले उक्त ऐन संशोधन गर्न आदेश दिइसकेको छ ।

कार्यक्रममा मानवअधिकारकर्मी, द्वन्द्वपीडित, नागरिक समाजका अगुवा र अधिवक्तासहित २०० जनाको सहभागी रहेको थियो । शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष बद्रीप्रसाद भुसालले ऐन संशोधन नगरी आयोग गठन गरे पीडितमाथि अन्याय हुने भन्दै उहाँले सरकारले हतारमा आयोग गठन नगरी ऐन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : 15:44