१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

बहुविवाह गर्ने दुबै पक्राउ

१६ वैशाख, अछाम । बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ । नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

बहुविवाह गरी अछामबाट भागेर सुर्खेतको वीरेन्द्रनगर–६ स्थित बजारमा रहेको होटलमा बसिराखेको अवस्थामा वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । श्रीमती बटाला (रावल) ले बहुविवाह सम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी गरेकामा दुबैलाई अछाम जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा लिई अनुसन्धान थालिएकोे उहाँले जानकारी दिनुभयो

प्रकाशित मिति : 15:37