८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

संसदको वर्षे अधिवेशन आजबाट, कांग्रेसका पूर्व तीन सांसदको निधनमा शोक प्रस्ताव पारित गरिदै

१६ वैशाख, काठमाडाैँ । संघीय संसद्‌को वर्षे अधिवेशन अर्थात बजेट आजबाट सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट अधिवेशन आज दिउँसो ४ बजेबाट सुरु हुन लागेको हो । अधिवेशनअन्तर्गत पहिलाे बैठक आज अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ।

आजकाे बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आव्हान सम्बन्धमा प्राप्त भएकाे पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि तिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम संसद बैठककाे अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन हुने छ ।

आजकाे थप कार्यसूचीमा अघिल्लाे अधिवेशन अन्त्य भएकाे मितिदेखि आजसम्म दिवंगत भएका पूर्व सांसदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै शाेक प्रस्ताव पारित गरिने उल्लेख छ। सचिवालयका अनुसार नेपाली कांग्रेसका पूर्व सांसदहरु दिवाकर गाेल्छा, रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकारप्रति शोक प्रस्तावहरु पारित गरिनेछ।

प्रकाशित मिति : 11:25