लायन्स क्लवकाे महाधिवेशबाट डिष्ट्रिक्ट गभर्नरमा लायन ईन्दु लम्साल निर्वाचित
१५ वैशाख, काठमाडाैँ । लायन्स क्लवकाे महाधिवेशन पाेखरामा सम्पन्न, गभर्नरमा ईन्दु लम्साल निर्वाचित वैशाख १५, २०७६ पाेखरा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको सातौ बार्षिक महाअधिबेशन वैशाख १३ र १४ गते पाेखरामा सम्पन्न भएको छ। महाधिवेशनबाट लायन बर्ष २०१९/२० लागि डिष्ट्रिक्ट गभर्नरमा लायन ईन्दु लम्साल, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन मनबहादुर रोका, द्धितिय भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन बिशेश्वर आचार्य निर्वाचित हुनुभएकोछ।

नव निर्वाचित डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले अागामी बर्षकालागि डिस्ट्रिक्ट क्याविनेटमा केही महत्वपूर्ण पदहरूमा मनाेनित गर्नु भएकोछ। मनाेनित पदाधिकारीहरुमा सेक्रेटरी बिनोद ढुङ्गना, ट्रेजरर भिमलाल पौडेल, चिफ एडभाईजर महेन्द्र पौडेल, पि अार अो ईन चिफ रामचन्द्र पोखरेल, डिस्ट्रिक्ट एड्मिनिस्ट्रेटर उदयकुमार नेपाल मनोनयन हुनु भएको छ। प्राप्त जानकारी अनुसार केही दिनमा पूर्ण क्याविनेट तयार गरिनेछ। संसार भरि सामाजिक सेवामा सकृय लायन्स क्लवकाे गतिविधिलाई महत्त्वपूर्ण मानिन्छ।
रक्तदान, शिक्षा, स्वास्थ सम्बन्धि जनचेतनामूलक कार्यक्रम, सरसफाइ लगायत प्रकृति प्रकाेपहरुबाट उत्पन्नहुने असहज परिस्थितिमा उद्धार कार्यमा सकृयता पूर्वक उपस्थित हुने लायन्स क्लवकाे यस वर्षको मुख्य कार्यक्रम महिला सशक्तीकरण र सीप बिकासमा केन्द्रित हुने जानकारी लायन्स क्लव अफ काठमाडौं ग्लाेबल टाउनका अध्यक्ष अनुज कुमार श्रेष्ठले बताउनु भयाे। श्रेष्ठका अनुसार नेपालमा भैरहेकाे लायन्स क्लवकाे गतिविधिलाई अझै व्यवस्थित गरि अगाडि बढ्न सके अन्तर्राष्ट्रिय स्तरबाट विभिन्न क्षेत्रकाे विकास निर्माणका लागि प्रसस्त अनुदान सहयाेग ल्याउन सकिनेछ।

प्रकाशित मिति : 23:50









