नुवाकोट कांग्रेसका नेता रमेश अर्याल बलात्कारको अभियोगमा गोंगबुबाट प्रकाउ
१५ वैशाख, काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल बलात्कार(जबरजस्ती करणी)को अभियोगमा काठमाडाैँको गोंगबुबाट पक्राउ परेका छन । गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल घटनास्थलमै पक्राउ परेका हुन । महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोंगबुमा डेरा गरी बस्ने एक युवतीकोमा रमेश अर्याल मध्यरातको १२ बजे ढोका फोरेर प्रवेश गरेर बलात्कार गरेको पीडितको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा पक्राउ परेका हुन ।

प्रहरीले मध्यरातमै युवतीको कोठाबाट अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले बताए । युवतीले अर्यालसँगै नुवाकोटकै रामजी श्रेष्ठको नाममा समेत किटानी जाहेरी दिएपछि उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यद्पी प्रहरीले रामजीलाई घटनास्थलमा नभेटेको जनाएको छ । स्रोतका अनुसार अर्यालले विभिन्न बहानामा ती युवतीलाइ पटक पटक बलात्कार गर्दै आएका थिए । पक्राउ परेको राति अर्यालले ती युवतीलाइ निघार्त कुटपटि समेत गरेका थिए । अर्यालले बलात्कारपछि आफ्नो हत्याकै प्रयास गरेपछि प्रहरीलाइ खबर गरेको बुझिएको छ ।
अर्याल छुटाउन कांग्रेस नेताको अनेक बहाना
आफ्ना नेता बलात्कारको अभियोगमा घटनास्थलबाटै पक्राउ परेपछि नुवाकोटका कांग्रेसका शीर्ष नेताले उनलाई छुटाउनका लागि प्रयास गरेका थिए तर सफल भएनन् । बलात्कारको अभियोग लागेका अर्याल निर्दोष रहेको र किटानी जाहेरी दिने उनको प्रेमीका भन्दै अनेक प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ । घटनाका सम्बन्धमा शक्ति समूहले समेत चासो लिएपछि प्रहरीले समेत कांग्रेस नेताहरूलाई कुनै सहयोग गर्न नसक्नेरनमिल्ने भन्दै कानुन अनुसारनै कारबाही प्रक्रिया अघि बढ्ने बताएका थिए । त्यस्तै कांग्रेस नेताहरूले सरकारी वकिलको कार्यालय मार्फत मुद्दा कमजोर बनाउनका लागि समेत चलखेल गरिरहेका छन । उनीहरूले अनुकुलको सरकारी वकिलकोमा मुद्दा परेर कमजोर बनाउन खोजेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडाैँ स्रोतले बतायो ।
अर्याल कांग्रेस नेता, क्यापसको अध्यक्ष, इन्सुरेन्स कम्पनीको म्यानेजर
विदुर नगरपालिका (साविकको खड्गभञ्ज्याङ गाविस) वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका अर्याल नेपाली कांग्रेस नुवाकोटका आमन्त्रित सदस्य हुन । उनलाई पार्टी साभापति जगदिश्वरनरसिंह केसीले आमन्त्रित सदस्यको रूपमा गत मंसिरमा मनोनित गरेका थिए । उनी रणभूवनेश्वरी क्याम्पस देवीघाटको पूर्व अध्यक्ष र शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख समेत हुन । यसैबीच अर्यालका नजिकका साथीहरूले भने उनीमाथि अन्याय भएको दाबी गरेका छन ।

प्रकाशित मिति : 21:49









