९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

जग्गाकाे बहानामा ठगी गर्दै हिँडेकी कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान

१५ वैशाख, काठमाडाैँ । जग्गाकाे बहानामा ठगी गर्दै हिँडेकी कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन् । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोप रहेकी जाेशी इटहरीबाट पक्राउ परेकी थिइन् । जोशी ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन् ।

लामो समय देखि इटहरीमा लुकीछिपी बस्दै आएकी जोशीलाई  इटहरी प्रहरीले पक्राउ गरेको हो सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाडौँ लगिएको थियो ।

प्रकाशित मिति : April 28, 2019 at 8:38 pm